नारायणगढ मुग्लिङ्ग सडकमा ढुङ्गाले लागरे बसचालकको मृत्यु
प्रकाशित मिति: शुक्रबार, आषाढ २८, २०८१ | ६:४६:५१
चितवन , २८ असार । नारायणगढ मुग्लिङ्ग सडकमा ढुङ्गाले लागरे बसचालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्रकिलोमा आज बिहान करिब ३ बजे लेदो पहिरो सहित खसेको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट काठमाण्डौतर्फ जादै गरेको लु २ ख ६५६६ नम्बरको बसमा लेदो पहिरो सहित ढुङ्गा खसेर बसमा लागेको हो । ढुङ्गा खसेर बसमा लाग्दा बस चालक नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नम्बर ४ निवासी ३६ वर्षिय मेगनाथ बि.क. गम्भीर घाइते भएका थिए । गम्भिर घाइते विकको उपचारकोे क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २८, २०८१ |
६:४६:५१
2443