रोटरी क्लब अफ पुर्विचितवनको पदस्थापन तथा मनको चौतारी शिलान्यास
चितवन ।रोटरी क्लब अफ पुर्वीचितवनले आफ्नो चौथो पदस्थापन कार्यक्रम गरेको छ । पदस्थापन कार्यक्रमपुर्व क्लबले निर्माण गर्न लागेको मनको चौतारीको शिलान्यास समेत भएको छ । खैरहनी ५ सलौलीमा निर्माण गर्न लागिएको मनको चौतारी नामक विश्रामस्थलको आज रोटरीका डिष्टृक्ट गभर्नर राजेन्द्रमान शेरचनले शिलान्यास गरेका छन् ।
क्लबको शनिबार भएको पदस्थापन कार्यक्रममा वर्ष २०२४/२५ का अध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिलाई सपथ ग्रहण गराइएको छ । कार्यक्रमको अवसरमा मनको चौतारी निर्माणको लागि साढे तीन धुर जग्गा उपलब्ध गराउने खैरहनी ५ का पदम प्रसाद कंडेललाई सम्मान गरिएको छ । त्यस्तै खैरहनी र राप्ती नगरपालिकाभित्र सामुदायिक विद्यालयबाट एसइई परिक्षामा उत्कृष्ट नजिजा ल्याएका दुईजनालाई नगदसहित सम्मान गरिएको छ । खैरहनी नगरपालिकाको खैरहनी माध्यमिक विद्यालयबाट ३.८२ जिपिए प्राप्त गरेका डेनिएल पाठक र भण्डारा मावीबाट ३.९५ जिपिए प्राप्त गरेकी प्रकृति पाठकलाई सम्मान गरिएको छ । सोही अवसरमा टेकवान्दो खेलाडी राजकुमार दराईलाई नगदसमित सम्मान गरिएको छ । क्लवले मायाको चिनोमा हुने खर्च घटाएर दुईवटा परिवारको स्वास्थ्य विमा समेत गरेको छ । कार्यक्रमको अवसरमा तीन तीन सदस्यीय दुईवटा परिवारका प्रतिनिधिलाई क्लबका अध्यक्ष अनुप अधिकारीले बिमा कार्ड हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरीका डिष्टृक्ट गभर्नर राजेन्द्रमान शेरचनले सबैलाई सामाजिक काममा लाग्न आग्रह गरे । उनले मनको चौतारीको अवधारणा राम्रो काम भएकोले आफ्नोतर्फबाट समेत ५१ हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वृद्धवृद्धाहरुलाई एक्लोपन भएको अवस्थामा मनको चौतारीमा विश्राम गर्दै आफ्ना दौँतरीहरुसग भलाकुसारी गर्ने , आफ्नो सुखदुःखको कुरा पोख्ने ठाउँ हुने भएकोले यो अवधारणा राम्रो रहेको भन्दै प्रशंसा गरे ।उनले रोटरीले काम मात्रै गरेर नहुने त्यसलाई समाजमा लैजान सबै रोटरियनमा आग्रह गरे । ग्रामीण र विपन्न वस्तीमा काम गर्ने आफुहरुको प्राथमिकता पर्ने भन्दै कुनै ठोस योजना भए डिस्टृक्टले सहयोग गर्ने बताए ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष अर्जुन लम्साल , निवर्तमान अध्यक्ष विनोद नेपाल , अध्यक्ष नोमिनी कुमार खनाल , खैरहनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेती , क्लबका पुर्व अध्यक्ष प्रमात कुमार सेढाई , सस्थापक अध्यक्ष राममणी न्यौपाने, डिष्टृक्टका सहायक गभर्नर अशोक कुमार बस्नेत , डिष्टृक्टका गभर्नर नोमिनी बिष्णु कार्की , डिष्टृक्ट गभर्नर इलेक्ट बिनोद कोइराला , पुर्व डिष्टृक्ट गभर्नर सन्तोष रिजाल लगायतले मन्तव्य राखेका थिए ।