खैरहनीमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, साउन ०६, २०८२ | ७:३४:३५
चितवन , ६ साउन । पूर्वीचितवनको खैरहनीमा बोलेरो ठक्करबाट एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १ साईचोकमा सोमबार बेलुका बोलेरोले ठक्कर दिदा एक पुरुषको मृत्यु भएको हो ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ३ च ६६१० नम्बरको बोलेरोको ठक्करबाट सडक क्रस गर्दै गरेका विरगन्ज महानगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षिय राम अवतारको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन ०६, २०८२ |
७:३४:३५
2751


















