आज सुनको मूल्य २९ सयले बढेर तोलामा २ लाख ४१ हजार पाँच सय पुग्यो
प्रकाशित मिति: सोमबार, कार्तिक २४, २०८२ | १२:०४:२१
चितवन, २४ कार्तिक । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबारसम्म सुनको मूल्य तोलाको दुई लाख ३८ हजार छ सय रुपैयाँमा रहेको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तीन हजार ६५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : सोमबार, कार्तिक २४, २०८२ |
१२:०४:२१
749



















