प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२ | १८:५३:३४
चितवन, १४ मंसिर । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। आज उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। यसअघि, कात्तिक ११ गते सीआईबीले प्रभु ग्रुपका अध्यक्ष र एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पनि पक्राउ गरेको थियो।
भट्टचनलाई एक हप्ता थुनामा राखेपछि जिल्ला सरकारी वकिल कार्यालयले थुनाबाहिर राखेर अनुसन्धान गर्न मिल्ने गरी हाजिरी जमानीमा छाड्न निर्देशन दिएको थियो। त्यसपछि, कात्तिक २५ गते उनी थुनामुक्त भए। उनीमाथि आर्थिक अपचलन र ठगीको आरोपमा मुद्दा चलिरहेको छ।
सीआईबीका अनुसार, सीईओ अशोक शेरचनलाई पनि सोही प्रकरणमा पक्राउ गरिएको छ।
प्रकाशित मिति : आइतबार, मंसिर १४, २०८२ |
१८:५३:३४
595

























