हुनेवाली बुहारी सार्वजनिक

समाबेसी खबर
  |   
प्रकाशित मिति: मंसिर १८, २०७६
276 Shares
चितवन , १८ मंसिर। चर्चित गायक रविन लामिछाने र चर्चित गायिका सम्झना भण्डरीको नयाँ पञ्चेबाजाको गीत 'हुनेवाली बुहारी ' सार्वजनिक भएको छ। माया प्रेम र बिबाहको सन्दर्भलाई जोडिएको गीतमा रविन लामिछाने र सम्झना भण्डारीको आवाज रहेको छ। रविन लामिछाने कै लय रशब्द रहेको गीत चितवनका पत्रकार तथा पर्यटन व्यवसायी नविन नेपालको निर्माणमा तयार भएको छ । बिश्वास नेपालको संगीत संयोजन रहेको गीतमा पबित्रा न्यौपाने र प्रेम थापाको साथमा सन्तोष भट्टराईको अभिनय रहेको छ। बिक्रम चौहानले निर्देशन ,  प्रकाश खड्काले छायांकन ,  राजेश कुमारले सम्पादन गरेको गीत स्पन्दन मिडियाले बजारमा ल्याएको हो।
समाबेसी खबर
प्रकाशित मिति: मंसिर १८, २०७६
276 Shares
Footer ads