खैरहनीमा नृत्य र चित्रकला प्रतियोगिता

समाबेसी खबर
  |   
प्रकाशित मिति: भाद्र २०, २०७६
60 Shares
चितवन , भदौ २० शिक्षा दिवसको अवसर पारेर खैरहनी नगरपालिकाले शुक्रवार अन्तर मावि तह स्तरीय लोक नृत्य तथा आधारभूत तह स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको छ । अन्तर मावि स्तरीय नृत्य प्रतियोगितामा इन्टरनेशनल इंग्लिस मोडल स्कुल प्रथम भएको छ । मदरल्याण्ड इंग्लिस वोडिङ द्धितिय हुँदा सैनिक आवासीय महाविद्यालय तृतिय भएको खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए । त्यस्तै आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा नेपाल आर्दश शिक्षा सदन प्रथम भएको छ । त्यस्तै सैनिक आवासीय महाविद्यालय र मदरल्याण्ड इंग्लिस वोडिङ क्रमस द्धितिय र तृतिय भएका छन् । प्रतियोगिता खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाको प्रमुख आतिथ्यतामा भएको थियो । विजयी विद्यालयहरुलाई भदौ २२ गते शिक्षा दिवसका दिन पुरस्कृत गरिने स्थानीय शिक्षा अधिकारी पौडेलले वताए । सोही दिन नगर भित्र रहेका मध्ये उत्कृष्ठ सामुदायिक र संस्थागत विद्यालय,उत्कृष्ठ शिक्षक,उत्कृष्ठ विद्यार्थीलाई सम्मान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए ।
समाबेसी खबर
प्रकाशित मिति: भाद्र २०, २०७६
60 Shares