मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु , एक गम्भिर घाइते

समाबेसी खबर
  |   
प्रकाशित मिति: कार्तिक २२, २०७६
40 Shares
चितवन , २२ कार्तिक। चितवनको भतेरीमा मोटरसाइकल दुर्घटना हुदाँँ एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा रामनगरबाट जुगेडीतर्फ जादैँ गरेको ग १ प ७१६८ नम्बरको मोटरसाइकल आज बेलुका अनियन्त्रीत भई पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा परि तनहुँ जिल्ला ब्यास नगरपालिका १४ बस्ने अन्दाजी बर्ष २४ को बुद्ध पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका पन्तको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । त्यस्तै मोटरसाइकलको पछाडी सवार ब्यास नगरपालिका १४ निवासी अन्दाजी बर्ष २५ को सुरेश हर्खले गम्भिर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
समाबेसी खबर
प्रकाशित मिति: कार्तिक २२, २०७६
40 Shares