चितवनका विभिन्न होटल तथा लजमा प्रहरीको छापा , ९७ जना पक्राउ

समाबेसी खबर
  |   
प्रकाशित मिति: असार ३०, २०७६
60 Shares
चितवन , ३० असार चितवनको विभिन्न होटल तथा लजहरुमा चितवन प्रहरीले छापा मारेको छ । यौनजन्य क्रियाकलाप , तथा शंकास्पद अवस्थामा रहेका ९७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चितवनका विभिन्न होटल , लज , कटेजहरुमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले ४२ जना पुरुष , ४३ जना महिला र १२ जना होटल संचालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुमाथी थप अनुसन्धान भइरहेको छ ।
समाबेसी खबर
प्रकाशित मिति: असार ३०, २०७६
60 Shares