रेन्जरहरुमा लगानी गर्नुपर्ने विश्व रेन्जर सम्मेलनको निश्कर्ष

समाबेसी खबर
  |   
प्रकाशित मिति: कार्तिक ३०, २०७६
88 Shares
चितवन , ३० कार्तिक।  चितवनको सौराहामा संचालन भएको नवौँ विश्व रेन्जर सम्मेलन सकिएको छ । सम्मेलनले रेन्जरहरुको कल्याण , व्यवसायिकता र स्थानिय स्वदेशी महिला रेन्जरहरु भर्नागर्नुपर्ने तर्फ जोड दिनुपर्ने निश्कर्ष निकालेको छ । ७० देशका ५ सय ५० जना रेन्जरहरु सहभागी कार्यक्रममा राष्ट्रहरुले पृथ्वीभित्रको प्राकृतिक सम्पदाको संरक्षण गर्न , जलवायु परिवर्तनलाई न्यूनिकरण गर्दै २०३० को दिगो विकासको लक्ष्य पुरा पनि रेन्जरहरुमा लगानी आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा बोल्दै संस्कृति , पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले नेपालले भ्रमण बर्ष २०२० भोषणा गरेको भन्दै सम्मेलनमा सहभागी सबैले नेपाल भ्रमणको लागि प्रेरित गर्न आग्रह गरे । उनले पर्यटन नेपालको मुख्य आधार भएको भन्दै सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएर काम गरिरहेको बताए । अन्तर्राष्ट्रिय रेन्जर महासंघको आयोजनामा पाँच दिनसम्म चलेको सम्मेलनमा ४० प्रतिशत भन्दा बढी महिला रेन्जरहरुको सहभागिता रहेको थियो ।
समाबेसी खबर
प्रकाशित मिति: कार्तिक ३०, २०७६
88 Shares