विस्तृत शान्ति सम्झौता दिवसमा गिरिजाको योगदानको चर्चा

समाबेसी खबर
  |   
प्रकाशित मिति: मंसिर ०५, २०७६
657 Shares
चितवन , ५ मंसिर। १४ औँ विस्तृत शान्ति सम्झौता दिवसको अवसरमा गिरिजा प्रसाद कोइरालाको योगदानको बिषयमा रत्नननगरमा चर्चा गरिएको छ । गिरिजा प्रसाद कोइराला फाउण्डेसन क्षेत्र नम्बर १ को आयोजनामा रत्ननगरमा भएको प्रवचन कार्यक्रममा नेपालमा भएको विस्तृत शान्ति सम्झौता र त्यसमा गिरिजा प्रसाद कोइरालाले खेलेको भूमिकाको बिषयमा चर्चा भएको हो । तत्कालिन सशस्त्र द्धन्दलाई गिरिजा प्रसाद कोइरालाको बिशेष पहलमा विस्तृत शान्ति सम्झौता मार्फत देशमा शान्ति आएको भन्दै कोइरालाको योगदान भुल्न नहुनेमा कार्यक्रमका वक्ताहरुले जोड दिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले मुलुक रगतको आलमा डुबेकोबेला गिरिजा प्रसाद कोइरालाले बाह्र बुदे सहमति र विस्तृत शान्ति सम्झौता गराउन सफल भएको भन्दै मुलुुकमा शान्ति ल्याउन कोइरालाको ठुलो योगदान रहेको बताए । शान्ति सम्झौता मार्फत नेपाल जोगाउन कोइरालाले भूमिका खेलेको भन्दै उनको काम कसैले विर्सन नहुनेमा घिमिरेले जोड दिए । त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका जिल्ला इन्चार्ज कृष्ण खनालले देशमा परिवर्तनको लागि महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुको सम्झनाको लागि पनि विभिन्न संघ सस्था स्थापना गर्ने गरिएको भन्दै सोहि अनुरुप काम गर्नुपर्ने बताए । गिरिजा प्रसाद कोइराला फाउण्डेसन क्षेत्र नम्बर १ का सभापति गोविन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांंग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ , पुर्व राज्यमन्त्री शेषनाथ अधिकारी , पुर्व मन्त्री सावित्री बोगटी पाठक, पुर्व साँसद एकनाथ रानाभाट ,पुर्व सांसद रामकृष्ण घिमिरे ,रत्ननगर नगरपालिकाकी उपमेयर बिमलादेवी दुवाडी , नेपाली कांग्रेसका सचिव राजिव न्यौपाने , पुर्व सभापति कृष्णलाल सापकोटा ,फाउन्डेसनको जिल्ला संयोजक तथा महासमिति सदस्य कमल आचार्य , पुर्व नगर सभापति महेश प्रसाद रौनियार लगायतले मन्तव्य राखेका थिए ।
समाबेसी खबर
प्रकाशित मिति: मंसिर ०५, २०७६
657 Shares
Footer ads