जनताको चाहना बिपरित सरकार चल्न खोज्यो : कांग्रेस प्रवक्ता शर्मा

समाबेसी खबर
  |   
प्रकाशित मिति: मंसिर ०६, २०७६
81 Shares
चितवन , ६ मंसिर। नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता बिश्व प्रकाश शर्माले बर्तमान सरकार जनताको चाहना र मर्म बिपरित चल्न खोजेको आरोप लगाए । बर्तमान सरकारले जनतामा महङ्गी र करको भार थुपारेको भन्दै शर्माले सरकारले जनताको घरमा चुलो बाल्नेदेखि सुरक्षाको सवालसम्म सरकार गम्भिर हुनुपर्ने बताए । चितवनको खैरहनीमा उपनिर्बाचनको चुनावी सभालाई संबोधन गर्दै शर्माले सरकारले पटक पटक जनतालाई झुक्काउने र जनमतको अपमान गरेको आरोप लगाउदै अब नेपाली कांग्रेसले मात्रै जनमतलाई कदर गर्न सक्ने बताए ।
समाबेसी खबर
प्रकाशित मिति: मंसिर ०६, २०७६
81 Shares