सौराहामा हात्ती महोत्सव सुरु, पूर्व प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

Editor
  |   
प्रकाशित मिति: पुष १०, २०७६
70 Shares
पुष १० गते । भ्रमण वर्षको पूर्व सन्ध्यामा चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको पूर्व प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गरे । सो अवसरमा प्रचण्डले नेपाल जैविक र भौगोलिक विविधताले धनी रहेको भन्दै यसको सही सदुपयोग गर्न सके अत्याधिक फाईदा लिन सकिने वताए । भौगोलिक विविधतामा सही ढंगले पूर्वाधार खडा गर्नु पर्छ उनले भने – यसबाट पर्यटन प्रवद्र्धन भई लाभ लिन सकिन्छ । पूर्व प्रधानमन्त्री प्रचण्डले मुलुक समृद्धीको प्रमुख आधार पर्यटन रहेको वताएका छन् । उनले सवै मिलेर राजनितिक परिवर्तन गर्न सकेपनि विकास गर्न नसकिएको स्वीकार गरे । राजनितिक परिवर्तनका लागि सवै लडे उपलव्धी पनि भयो प्रचण्डले भने – राजनितिक स्थायित्व कायम गरे झै विकासमा पनि सवै मिल्नुपर्छ । पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले समृद्धीको एक अंश पर्यटन रहेकाले सौराहाका व्यवसायीले पर्यटक आकर्षित गर्ने नयाँ योजना र सेवा तथा गुणस्तर वृद्धी गर्नु पर्ने वताए । क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, होटल संघका केन्द्रिय उपाध्यक्ष बिनायक शाह,प्रदेश ३का मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलिया,नेकपा चितवनका अध्यक्ष यमवहादुर परियार,नेपाली काग्रेश जिल्ला सभापति जीत नारायण श्रेष्ठ,रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा ,होटल संघका वरिष्ठ उपाध्यक्ष राममणी खनाल लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा पर्यटन र संरक्षणमा पुर्याएको योगदानको मुल्यांकन गर्दै नन्द प्रसाद भट्टराई,सन्तकुमार श्रेष्ठ र डिमरा चौधरीलाई सम्मान गरिएको थियो । पुष १८ गते सम्म चल्ने महोत्सवमा हात्ती पोलो,हात्तीका छावाहरुको फुटवल,हात्ती सुन्दरी प्रतियोगिता,हात्तीको पिकनिक,टाँगा,डुंगा दौड,महिला बीच भलिवल प्रतियोगिता लगायत प्रत्येक दिन सास्कृतिक कार्यक्रम समेत हुनेछ । भ्रमण वर्षकै शुभारम्भका लागि यस वर्ष हात्ती महोत्सवको समयावधि ४ दिन थप गरिएको छ । महोत्सव लम्वाईएकाले विगत रोकिएका विभिन्न खेलकुदका कार्यक्रम यस वर्ष पुन समावेश गरिएको छ भने राष्ट्रियस्तरको महिला बीच भलिवल प्रतियोगिता थप गरिएको छ । अग्रेजी नयाँ वर्षको प्रदेश सरकारले ३ नम्वर प्रदेशको १३ वटा जिल्लाबाट विभिन्न संस्कृति प्रर्दशन गर्ने कार्यक्रम तय भएको छ ।
editor
प्रकाशित मिति: पुष १०, २०७६
70 Shares