खैरहनीमा बस र मोटरसाइकल ठोक्किदा एकजना गम्भीर घाइते

समाबेसी खबर
  |   
प्रकाशित मिति: कार्तिक १०, २०७६
88 Shares
चितवन , १० कार्तिक। पुर्वीचितवनको खैरहनीमा बस र मोटरसाइकल ठक्कर खाएको छ । खैरहनी ८ पर्सा बजारमा राती पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकल ठोक्किदा एकजना गम्भीर घाइते भएका छन् । ना ६ ख१७४१ नम्बरको बसमा ना ५५ प २१३१ नम्बरको मोटरसाइकल ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका खैरहनी नगरपालिका वडा नम्बर १ निवासी बर्ष ३० को अनिल अधिकारीलाई उपचारको लागि भरतपुरतर्फ पठाइएको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
समाबेसी खबर
प्रकाशित मिति: कार्तिक १०, २०७६
88 Shares