चितवनमा ७१ प्रतिशत मत खस्यो , मतगणनाको लागि तारजाली लगाइयो

समाबेसी खबर
  |   
प्रकाशित मिति: मंसिर १४, २०७६
74 Shares
चितवन , १४ मंसिर ।  चितवनको दुई स्थानिय तहको तिन वटा वडा भइरहेको मतदानमा ७१ प्रतिशत मत खसेको छ । दिउँसो तिनबजेसम्म भरतपुर १६ मा ६८ प्रतिशत , खैरहनी ४ मा ७७ प्रतिशत र खैरहनी ५ मा ७२ प्रतिशत मत खसेको छ । भरतपुर १६ मा कुल आठ हजार ४ सय ८१ मतदाता रहेकोमा अहिलेसम्म पाँच हजार ८ सय ४८ मत खसेको छ भने , खैरहनी ४ मा दुई हजार ६ सय ९२ मतदाता रहेकोमा दुई हजार ८७ मत र खैरहनी ५ मा दुई हजार १ सय ११ मतदाता रहेकोमा एक हजार ५ सय ३८ मत खसेको छ । मतदानको प्रक्रिया सकिएसँगै आज नै मतगणना गर्ने तयारी भइरहेको छ । मतगणनाको लागि गणनास्थलमा तारजाली र सिसि क्यामेरे जडान गरिएको छ । भरतपुरको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर र खैरहनीको निर्वाचन अधिकृतको कार्यालय खैरहनीमा नै मत गणना हुनेछ ।
समाबेसी खबर
प्रकाशित मिति: मंसिर १४, २०७६
74 Shares