भारतमा प्रहरी अधिकारीहरूले रक्सी पिएर गरे डान्स (भिडियो)

Desk
  |   
प्रकाशित मिति: फाल्गुन १८, २०७६
44 Shares
काठमाडौं, १८ फागुन । भारतको तेलंगानास्थित कोथूर प्रहरी कार्यालयमा ६ जना प्रहरी अधिकारीहरूले रक्सी पिएर नागिन डान्स गरेको भिडियो भाइरल भइरहेको छ । उनीहरू खुलमखुला बीयर पिउँदै नागिन डान्स गरिरहेका देखिन्छन् । भिडियोमा देखिने प्रहरी अधिकारीहरू त्यतिखेर ड्युटीमा थिएनन् । उनीहरू एक हवल्दारको बिहेमा सहभागी थिए ।   प्रहरी अधिकारीहरू विवाह हल नजिक निजी गाडीमा गीत बजाएर पार्टी गरिरहेका थिए । तीमध्ये दुईजना रक्सी पिउँछन् र नाच्न थाल्छन् । अरू पनि उनीहरूसँग जोडिन्छन् । घटना १० दिनअघिको हो तर शनिवारदेखि भाइरल बनिरहेको हो । केही दिनअघि शादनगरका प्रहरी निरीक्षक श्रीधर कुमारले एक कार्यक्रममा नाचगान गरेपछि भिडियो भाइरल बनेको थियो । एसीपीले यी दुवै घटनाको अनुसन्धान गरेर प्रतिवेदन दिन आदेश दिएका छन् । दुवै घटनालाई वरिष्ठ अधिकारीहरूले दुराचार भनेका छन् ।   https://twitter.com/Asifyarrkhan/status/1233710083063705600
Desk
प्रकाशित मिति: फाल्गुन १८, २०७६
44 Shares