कोरोना कहर : भारतमा एकै दिन १० जनाको मृत्यु , ज्यान गुमाउनेको संख्या ४५ पुग्यो

Desk
  |   
प्रकाशित मिति: चैत्र १९, २०७६
44 Shares
काठमाडौं, १९ चैत । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।  बुधबार मात्रै १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्। यद्यपि कतिपय भारतीय सञ्चारमाध्यमले भने कोरोनाबाट हालसम्म ५१ जनाको मृत्यु भइसकेको उल्लेख गरेका छन्। यस्तै भारतमा हालसम्म कोरोना भाइरसबाट १५ सय ९० जना संक्रमित भएको पुष्टि भएको छ। चीनको हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वव्यापी बनेको छ। बुधबार दिउँसोसम्म संसारभर ४२ हजारभन्दा बढीको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ६० हजारभन्दा बढी संक्रमित बनेका छन्।
Desk
प्रकाशित मिति: चैत्र १९, २०७६
44 Shares