नेपालमा फेरी एक जनामा भेटियो कोरोना संक्रमण

Desk
  |   
प्रकाशित मिति: चैत्र २०, २०७६
16 Shares

काठमाडौं ,२० चैत्र।

नेपालमा आज फेरी एकजनामा कोरोना भाइरस संक्रमण पोेजेटिभ भेटिएको छ ।चैत्र ४ गते दोहाबाट काठमाडौ आएका व्यक्तिमा कारोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका सहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ पुगेको छ। बिहीबार फेला परेका कोरोना संक्रमित बिरामी दोहाबाट आएको कतार एयरलाइन्सको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका हुन्। चैत ४ गते नेपाल आएको कतार एयरवेजको विमानमा उनीहरु आएका थिए। यसअघि पनि यही फ्लाइटबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरु सबैको उपचार जारी छ। यो विमानमा १ सय ५८ जना यात्रु थिए। तीमध्ये १ सय ४० जनाको मात्र ट्र्याकिङ भएको छ अहिलेसम्म। पछिल्लो पटक पहिचान भएका संक्रमितलाई ट्रेसिङ गर्ने चिकित्सक र टोलीलाई यसबारे डिटेल जानकारी छ। 'उहाँहरुले केस पोजेटिभ आएपछि गर्नुपर्ने कार्य सुरु गरिसकिएको अवस्था छ,' मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने, 'यो केसबारे अरु डिटेल छैन। पछि जानकारी गराउनेछौं।'
Desk
प्रकाशित मिति: चैत्र २०, २०७६
16 Shares