मोरङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

Desk
  |   
प्रकाशित मिति: माघ २०, २०७६
68 Shares

काठमाडौं,२० माघ ।

मोरङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

बुढिगंगा गाउँपालिका-६ तिलाठीकी ५३ वर्षीय चन्द्रकुमारी कठेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार अपराहृन घर नजिकैको खोलामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर कठेत घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आइतबार राति एक बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

Desk
प्रकाशित मिति: माघ २०, २०७६
68 Shares
Footer ads