चितवनमा एक पुरुषको शव फेला , हत्या भएको आशंका

समाबेसी खबर
  |   
प्रकाशित मिति: चैत्र २४, २०७६
47 Shares
चितवन , २४ चैत।  चितवनमा एक पुरुषको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित नेपाल ग्याँस कम्पनीको हाताभित्र आइतबार एक पुरुषको शव फेला परेको हो । उद्योगभित्र भौतिक संरचनाको काम भइरहेको र त्यसको लागि ठेकदार मार्फत काम गर्न आएका  बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ३ घर भएका बर्ष ४६ को शखिचन महराको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको प्रकृतीहेर्दा हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए ।
समाबेसी खबर
प्रकाशित मिति: चैत्र २४, २०७६
47 Shares