व्यवसायी मानसिक रुपमा कमजोर हुदैँछन् ,सरकारले लकडाउन खुकुलो र व्यवस्थीत बनाउनुपर्छ

समाबेसी खबर
  |   
प्रकाशित मिति: जेष्ठ २४, २०७७
281 Shares
उत्तम अधिकारी चितवन , २४ जेठ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण देशमा जारी लकडाउनको प्रभावले देशको अर्थतन्त्र र त्यसले व्यवसाय तथा व्यवसायीलाई पारेको असरबारे खैरहनी चेम्बर अफ कमर्शका उपाध्यक्ष , चितवन अटो डिलर्स एसोसियसनका कार्यसमिती सदस्य , कालिका मोटरसाइकल पार्ट्सका संचालक समेत रहेका उत्तम अधिकारीको बिचार । व्यवसायीको अहिलेको अवस्था स्थानिय निकाय संग समन्वय गरि निश्चित समय तोकेर अति आवश्यक सामग्रीका केहि व्यवसाय मात्रै खुल्दै आएकोमा जेष्ठ २० बाट लकडाउनको मोडालिटिमा केहि चेन्ज भएर आउछ कि भन्ने थियो जब सरकारले लकडाउन जेष्ठ ३२ सम्म भनेपछि निजि क्षेत्रका व्यावसायिक संगठनहरु आ–आफै विज्ञप्ती निकाल्दै व्यावसाय सुचारु गरेका छन् । अहिले देशका धेरैजसो शहरहरु खुल्न सुरु गरेको देखिन्छ । काठमाण्डौ,पोखरा, सुर्खेत ,जनकपुर हेटौडा, नेपालगन्ज, चितवन लगायतका बजार शुक्रबार आशिंक रुपमा खुलेको देखियो । केहि ठाउँहरुमा प्रहरीले अवरोध गरेपछि पसलहरु बन्द पनि भए तर कहिले सम्म यसरि चल्छ ? व्यवसायिक संगठनहरुको अगुवाईमा आशिंक रुपमा व्यापार व्यावसाय खुलेको छ । सबैभन्दा डरलाग्दो कुरा व्यापारिहरुले आफ्नो व्यवसाय संचालन गर्दा सुरक्षा विधिका मापदण्ड पुरा गरेको देखिदैन । यस कारणले गर्दा पनि भोलि आउने दिन भयावह हुने त होइन ? देशमा अहिले संक्रमितको संख्या बढ्दो छ । मृत्यु हुनेको संख्या १३ पुगिसकेको छ । यस्तो अवस्थामा सुरक्षा विधि पुरा नगरिकन व्यवसाय संचालन गर्दा आउने दिनमा जनधन क्षतिको जिम्मा कसले लिने ? सरकारले लकडाउन भनेको छ निजि क्षेत्र आफ्नो तरिकाले व्यवसाय संचालन गरेका छन् । सर्बसाधारण अब विहान बेलुका छाक टार्न पनि नसक्ने अवस्थामा पुगेका छन् । व्यवसायीहरु मानसिक रुपमै कमजोर देखिन थालेका छन् । अब सरकारले सुरक्षा निति अपनाएर लकडाउन खुकुलो र व्यवस्थीत गर्नु पर्छ । कोभिड १९ को उच्चस्तरिय समन्वय समितिले कोरोना संक्रमण कम भएका जिल्लाहरुमा जेष्ठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी पनि संचालन गर्ने प्रस्ताब गरेका छन् साथै मालपोत कार्यलयले पनि जेष्ठ २५ देखि नै सेवा दिने भएका छन् । ०७७/०७८ को बजेट कस्तो आयो , व्यावसायीलाई लाभदायिक छ त ? व्यवसायी ,उद्योगीहरु निकै उत्साहित थिए तर बजेटको प्रस्तुती, भाषा ,शब्द र शैलि फरक छ । बजेटका शिर्षक र कार्यक्रमहरु दोहोरिरहेका हुन्छन् । यस बर्ष स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन राम्रो देखियो संगै सरकारले बजेटमा विभिन्न खर्चहरु कटौति गरेर करको दरहरु पनि घटाएको छ यसलाइ व्यावसायिहरुले सकारात्मक लिनुपर्छ । कृषि,सिपमुलक तालिम,पर्यटन,वैदेशिक रोजगारीबाट फर्केनेलाई रोजगारी सृजना जस्ता शिर्षक बजेटको अग्र पङंत्तीेमा रहेको देखिन्छ तर निजि क्षेत्रहरुलाई भने यो महामारीबाट बचाउन पर्याप्त योजना नआएको र पहिलेको बजेट भन्दा विशेष प्याकेज आउनु पर्ने थियो । अझ पछिल्लो समयमा अर्थमन्त्रीको रुखो शब्दको भाषणले निजि क्षेत्र त्रसित देखिन्छ । व्यवसायिक संगठनका राहात प्याकेज प्रस्तावहरु प्रति उहाँको प्रतिकृया अलि रुखो आउने गरेको पाइन्छ । विगत अढाई वर्ष देखि जसरी सफलता पुर्वक अगाडि बढ्नु भएको थियो अहिले त्यो अवस्था छैन विवाद नै विवादले अहिले घेरिनु भएको छ । जेष्ठ ३२ गतेसम्म लकडाउन गर्ने सरकार जेष्ठ २५ सम्म मा कर जम्मा नगरे व्याज जरिवाना लाग्ने भन्दै कडा पेश आउनु व्यापक विरोधपछि मिति केहि परिवर्तन गर्नु , राहात प्याकेज आउन भनेको करको दायरा बढाउनु पर्छ भन्नु , वैशाख महिनामा ठुलो सङख्यामा इलेक्ट्रीक गाडी भित्रिनु आदी । देशको अर्थतन्त्रलाई कसरी हेर्ने देशको अर्थतन्त्र जहाँ रेमिट्यान्सको योगदान २९% रहेको छ । वार्षिक ८ खर्ब हाराहारी भित्रिने रेमिट्यान्स अहिले ४.५% घटि सकेको छ भने शुक्रबारसम्म नेपाल फकर्नलाई साउदी ,मलेसिया र कतारबाट मात्र २५ हजार हाराहारी ले फर्म भरिसकेका छन् भने अन्य मुलुक बाट फर्कनेको संङख्या ४ लाख पुग्न सक्ने सम्भाबना छ । अझ हाम्रो देश निर्यातभन्दा आयात बढि गर्ने भएकोले यसको प्रभाब बढि पर्नेछ । देशको अर्थतन्त्र मा ठुलो हिस्सा ओगटेको पर्यटन क्षेत्र यस महामारीले ठप्प रहेको छ । कृषि क्षेत्रको पनि २७ प्रतिशत योगदान रहेकोमा कृषि क्षेत्र पनि कोरोना बाट प्रभावित छ भने कृषकहरु उचित बजार व्यवस्थापनको अभाबले मारमा परेका छन् । उद्योग,कलकारखाना घरेलु तथा मझौला व्यवसायको पनि उल्लेखिय योगदान रहेको छ । यस महामारीले गर्दा हाम्रो देशको आर्थिक वृदिदर १.७५ देखि २.५% सम्म हुने आकलन गर्न सकिन्छ ।
समाबेसी खबर
प्रकाशित मिति: जेष्ठ २४, २०७७
281 Shares
Footer ads