अख्तियार अगाडि साझा पार्टीको प्रदर्शनमा प्रहरी धरपकड

Desk
  |   
प्रकाशित मिति: माघ २४, २०७६
79 Shares

काठमाडौँ,२४ माघ।

बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउने गरी अख्तियारले कदम चालेको विरोधमा प्रदर्शनमा उत्रेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयागको कार्यालयबाहिर प्रदर्शनमा उत्रेका उनीहरु पक्राउ परेका हुन् । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो पार्टीका केन्द्रीय सदस्यहरुसहित थुप्रै नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जानकारी दिएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा सत्तारूढ दलका नेतालाई जोगाउने गरी लागू गरिएको एक देश, दुई कानुनको विरोध गर्न अख्तियार अगाडि पुगेका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको उनले बताएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ दलका नेता माधव कुमार नेपाल विष्णु पौडेल लगायतलाई अख्तियारले मुद्दा चलाउन नपर्ने जनाएपछि विरोध चर्केको हो ।

Desk
प्रकाशित मिति: माघ २४, २०७६
79 Shares