कांग्रेसले आज पनि बैठक चल्न नदिने,माइतीघरमा नेविसंघको प्रदर्शन

Desk
  |   
प्रकाशित मिति: माघ २४, २०७६
140 Shares

काठमाडौं,२४ माघ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ। आफ्नो पार्टीका उपसभापति तथा सांसद विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि आक्रोशित बनेको कांग्रेसले हिजो पनि सदन अवरुद्ध गरेको थियो।

अख्तियारले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्दा लगाएको उसको आरोप छ। अख्तियारको निर्णय पूर्वाग्रहपूर्ण भन्दै हिजो सदन अवरुद्ध गरेको कांग्रेसले आज पनि त्यसलाई निरन्तरता दिने भएको हो। प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ।

कांग्रेसको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभाको बैठक अवरुद्ध गरिरहने कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

हिजो नै कांग्रेसले सरकार र अख्तियारविरुद्ध सडक आन्दोलन पनि घोषणा गरेको छ। अख्तियारको विरोधमा विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी कांग्रेसले गरेको छ।

Desk
प्रकाशित मिति: माघ २४, २०७६
140 Shares
Footer ads