खैरहनीमा निशुल्क स्वास्थ्य शिविर , ३१४ जनाको स्वास्थ्य परिक्षण

समाबेसी खबर
  |   
प्रकाशित मिति: फाल्गुन २५, २०७६
257 Shares
चितवन , २५ फागुन। पूर्वीचितवनको खैरहनीमा निशुल्क स्वास्थ्य शिविर भएको छ । मेगा पोलिक्लिनिकमा शनिबार भएको निशुल्क स्वास्थ्य परिक्षण शिविरमा ३ सय १४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा स्त्री रोग , आँखा जाँच र फिजिसियन सेवा उपलब्ध गराइएको थियो । श्री उत्तराखण्ड कृषि सहकारी संस्था , मेगा पोलिक्लिनिक प्रा लि , लायन्स क्लब अफ चितवन इष्ट , लायन्स क्लब अफ चितवन इष्ट ग्रीन र लियो क्लब अफ चितवन इष्टको आयोजनामा भएको स्वास्थ्य जाँच शिविरमा डा. प्रेक्षा सिशं , डा. जयराम अधिकारी , डा. अमित परियारबाट विरामीहरुको स्वास्थ्य परिक्षण भएको मेगा पोलिक्लिनिकका संचालक विनोद नेपालले जानकारी दिए ।
समाबेसी खबर
प्रकाशित मिति: फाल्गुन २५, २०७६
257 Shares
Footer ads