कोरोना अपडेट : ४ हजारको मुत्यु , एक लाख १४ हजार ४ सय १५ जना संक्रमित

Desk
  |   
प्रकाशित मिति: फाल्गुन २७, २०७६
85 Shares
काठमाडौँ,२७ फागुन । विश्वभर ११३ देशमा कोरोना भाइरस अर्थात (कोभिन–१९) को संक्रमण फैलिएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको संक्रमण घट्दै गइरहेका बेला विश्वका ११३ देशमा फैलिसकेको छ। आज मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ४ हजार २६ जनाको ज्यान गएको छ भने ६४ जहार ८१ जना उपचारपछि घर फर्किएका छन् । सोमबार चीनमा १७ जनाको ज्यान गएसँगै चीनमा मात्रै हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेका र ८० हजार ७ सय ५४ जना संक्रमित भएको चाइना डेलीले जनाएको छ । चीनमा ५९ हजार ८ सय ९७ जना भने उपचारपछि घर फर्किसकेका छन् । चीन बाहिर कोरोना भाइरसको संक्रमणबाट इटालीमा सबैभन्दा बढी मानिसको ज्यान गएको छ । इटालीमा मंगलबार बिहानसम्म कोरोनाको संक्रमणबाट ४६३ जनाको ज्यान गएको छ। ९ हजार १ सय ७२ जना संक्रमित भएका छन् । विश्वभर कोरोना भाइरसको संक्रमणबाट एक लाख १४ हजार ४ सय १५ (१,१४,४१५) जना संक्रमित भएका छन् । सोमबार मात्रै ४ हजार ४ सय २४ जना नयाँ संक्रमित फेला परेका छन् भने कोरोना संक्रमणबाट १९९ जनाले ज्यान गुमाएका छन् ।    
Desk
प्रकाशित मिति: फाल्गुन २७, २०७६
85 Shares