खैरहनीमा राहतका लागि २८ लाख खर्च ( कोषमा सहयोग दाताहरुको नामावलीसहित )

Editor
  |   
प्रकाशित मिति: चैत्र २९, २०७६
175 Shares
चैत २९ गते । खैरहनी नगरपालिकाले पहिलो चरणमा वितरण गरेको राहतको खर्च सार्वजनिक गरेको छ । नगरपालिकाको आधिकारीक फेसवुक र सर्वपक्षिय छलफलमा पहिलो चरणमा भएको खर्च विवरण सार्वजनिक गरिएको हो । स्वास्थ्य क्षेत्रवाहेक नगर भित्रका ज्यालादारी तथा विपन्न समुदायलाई वितरण गरिएको खाद्यान्नमा मात्रै २८ लाख ६० हजार ८२७ रुपैया खर्च भएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा ४ सय ११ क्वीन्टल चामल, ३ हजार ६५९ लिटर तेल, ३ हजार ६ सय ५९ किलो नुन र सोही वरावरकै दाल वितरण गरिएको थियो । ३ हजार ६ सय ५९ घरधुरीलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको थियो । चामलका लागि १७ लाख २६ हजार ८३० ,तेलका लागि ५ लाख ९४ हजार २२१ , दालका लागि ४ लाख ८ हजार ५२७ , नुनका लागि ७४ हजार २७७ र ज्याला,बोरा र प्याकिङका लागि ५६ हजार ९७२ रुपैया खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । पहिलो चरणमा नगरले आफ्नै रकमबाट राहत वितरण गरेको हो । त्यस्तै विभिन्न दाताहरुबाट प्राप्त सहयोग पनि नगरपालिकाले सार्वजनिक गरेको छ । राहत कोषमा चैत २८ गते सम्म सहयोग प्राप्त दाताहरुको विवरण – १. श्रीकृष्ण प्रणामी मन्दिर वुढौली – रु २५००० । २. साना किसान कृषि सहकारी संस्था खैरहनी –रु ५०००० । ३. नेपाल पारा भेटेरेनरी खैरहनी – रु १५००० । ४.नेपाली काग्रेश खैरहनी नगर समिति – रु ५१००० । ५.चेम्वर अफ कमर्स खैरहनी – १३५० थान माक्स ६. मेनका इन्जिनियरिङ अटो वर्कसप खैनपा १ – रु ५०००० । ७. परमहंश श्री वृन्दावन स्मृति प्रतिष्ठान खैनपा १ – रु ५५५५ । ८. उद्योग बाणिज्य संघ खैरहनी – रु १ लाख ५१ हजार साथै ५०० थान माक्स ९. सयपत्री वहुउद्धेश्यीय सहकारी संस्था खैरहनी – रु ५११५१ १०. जिल्ला प्रशासन कार्यालय भरतपुर,चितवन – ५०० थान माक्स ११.रामनाथ पाठक र मिरा खरेल खैनपा ६ – रु १११११ १२. नेकपा खैरहनी ६ नम्वर वडा कमिटि – रु ३२२७० १३. लायन्स क्लव अफ चितवन इष्ट र लायन्स क्लव अफ चितवन इष्ट ग्रीन – ७५० किलो चामल
editor
प्रकाशित मिति: चैत्र २९, २०७६
175 Shares
Footer ads