शैक्षिक क्षेत्रमा लकडाउनले पार्ने दीर्घकालीन असरहरु

Desk
  |   
प्रकाशित मिति: भाद्र २७, २०७७
291 Shares
राजेन्द्र भेटुवाल लकडाउन´ शब्द यति व्यापक रुपमा पहिलोपटक प्रयोगमा आएको हुनुपर्छ। बिश्वमा समृद्धि र शक्तिको नाममा भइरहेको तछाडमछाडले कुनैपनी मुलुक यस प्रकारको महामारीको लागि पुर्व तयार नहुनु स्वभाबिकनै मान्न सकिएला तर एकपछी अर्को गर्दै आबिस्कार र खोज अनुसन्धानले बिकासको शिखर चुम्न उद्दत रहेका जनहरु फेरि खुम्चिएर नाजुक अवस्थामा पुग्ने सोच कुनैमा पनि आएको रहेनछ! यसको दृष्टान्त हो रुस, अमेरिका लगायत समृद्धि र शक्तिको आडम्बरले भरिएका देशहरुमा देखिएको भयावह संक्रमणको अवस्था ! अब शिक्षा क्षेत्रको कुरा गरौ। प्रबिधि अनुकुल र सम्पन्न समाजमा शिक्षाको कुरा टड्कारो रुपमा उठ्नु स्वभाबिक हो। प्रबिधिको बिकासले सारा संसारलाई नै मुठिमा पार्न मरिहत्त्य गरिरहेका देशहरु एक पटक झसङ्ग भएका छन। शिकाइलाई कुनै निश्चित स्थान र कार्यतालिकाको आवश्यकता पर्दैन भनेर वकालत गर्नेहरुपनी अब शैक्षिक क्षेत्रको स्थिती के हुने भन्नेमा अनभिज्ञ छन। बालबालिकाको मनमा डेरा जमाइसकेको भयलाई परास्त गर्दै फेरि उनिहरुलाई बिद्यालय भित्राउनु फलामे चिउरा चपाउनु भन्दापनी कठिन छ। अर्को बिद्यालय ल्याइहालेपनी सामान्य स्वास्थ्य समस्यामा पनि त्रसित हुँदै महिनौ बिद्यालय नआउने अवस्था आउछ। त्यसैगरी निरन्तर मुल्यांकन र आन्तरिक मुल्यांकनको नाममा विद्यार्थीहरुलाई दिइने मनोमानी प्राप्ताङ्कले उनिहरुमा पढाईप्रतिको उत्प्रेरणा कम हुँदै जाने देखिन्छ। त्यसमाथी वैकल्पिक सिकाइप्रतिको र शिक्षकहरुको रोजिरोटिबारे सरोकारवालाहरुको उदासिनताले यसको मार्ग थप जटिल र अन्यौलताले व्याप्त छ। शिक्षा मन्त्रालय र बिभागिय मन्त्रीको गैरजिम्मेवारिपुर्ण अभिव्यक्तिले यस अन्यौलतालाई मलजल गरिरहेको छ। त्यसैगरी शैक्षिक क्षेत्रसंग जोडिएका जनशक्तिको पलायन सबैभन्दा महँगो सौदाबाजी हुने देखिन्छ तसर्थ यी बिषयहरुमा बेलैमा सरकारको ध्यान पुग्नसके पछि पछुताउनु पर्ने थिएन कि!
Desk
प्रकाशित मिति: भाद्र २७, २०७७
291 Shares
Footer ads