कोरोना त्रास : संसद, स्कुल बन्द गर्न सांसदहरुको माग

Desk
  |   
प्रकाशित मिति: फाल्गुन २९, २०७६
70 Shares
काठमाडौं,२९ फागुन । सांसदहरुले कोरोना भाइरसको त्रास फैलिरहेका बेला संसद चलाउन नहुने बताएका छन्। बिहीबार संसदको शून्य समयको सुरुमै बोल्न मौका पाएका सांसदहरु भरत शाह र भीमसेनदास प्रधानले संसद चलाइरहनुको औचित्य नभएको बताए। सांसद साहले भने, ‘कोरोनाको संक्रमण फैलिरहेका बेला संसद धेरै दिन चलाउनु हुँदैन कि ?’ उनीपछि आफ्ना कुरा राखेका सांसद भीमसेनदास प्रधानले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्व महामारीकै घोषणा गरिसकेकाले संसद रोक्न माग गरे। उनले भने, ‘यस्तो अवस्थामा संसद निरन्तर चलाउनुको तुक छैन। भीडभाड हुने ठाउँबाट कोरोना सर्ने जोखिम हुने भएकाले संसद र स्कुल बन्द गर्नुपर्‍यो।’ युरोप र अमेरिकासमेत त्रस्त भइरहेका बेला नेपालले सचेत हुनुपर्ने उनले बताए। संक्रमण फैलिसकेपछि रोक्न सक्ने पूर्वाधार नेपालसँग नभएकाले रोक्न आग्रह गरे।
Desk
प्रकाशित मिति: फाल्गुन २९, २०७६
70 Shares