कञ्चनपुरमा ३० जना विद्यार्थी बोकेको स्कुल बस पोखरीमा खस्यो

Desk
  |   
प्रकाशित मिति: चैत्र ०२, २०७६
28 Shares

महेन्द्रनगर,२ चैत ।

कञ्चनपुरमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको बस आइतबार दिउँसो पोखरीमा खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।

उनका अनुसार दुर्घटनामा परेर ३० जना विद्यार्थी सामान्य घाइते भएका छन्।

‘पोखरीमा खसेको बसबाट ३० जना विद्यार्थीको उद्दार गरेर नजिकको स्वास्थ्य चौकी पु¥याएका छौँ, उनीहरुको अवस्था सामान्य छ’, प्रहरी निरीक्षक भट्टले भने, ‘अझै विद्यार्थी बसभित्रै छन् कि भनेर उद्दार कार्य जारी छ, बस पोखरीबाट निकाल्ने प्रयास गर्दैछौँ।’

कच्ची बाटोमा बस चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Desk
प्रकाशित मिति: चैत्र ०२, २०७६
28 Shares