स्याङ्जामा पाँच सय ३४ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Desk
  |   
प्रकाशित मिति: बैशाख ०४, २०७७
28 Shares

स्याङजा,४ वैशाख ।

स्याङ्जाका ५ सय ३४ जनामा गरिएको कोरोना परीक्षणको रिपोर्ट सबै नेगेटिभ देखिएको छ।भारतलगायत विभिन्न देशबाट आएकामध्ये ५ सय ३४ जनाको कोरोना भाइरस नमूना परीक्षण गरिएको हो । जिल्लाका ११ वटै पालिकामा स्वास्थ्यकर्मीसहितको टोलीले पीसीआर र आरडीटी प्रविधिमार्फत नमूना संकलन तथा परीक्षण गरेका हुन् ।

ती मध्ये ९८ जनाको पीसीआर प्रविधि र ४ सय ३६ जनाको आरडीटी प्रविधिद्वारा कोरोना परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनले भने, ुपहिलो चरणको नमूना परीक्षण कार्य सकिएको छ । अझैं परीक्षणमा नआइ लुक्नेहरुको खाजी गर्दै दोश्रो चरणको काम बिहीबारबाटै गर्नेछौं ।ु पहिलो चरणमा स्वस्तफूर्त नमूना परीक्षणमा नआउनेलाई दोश्रो चरणमा घर घरमै पुगेर खोजी गरिने भएको हो ।

पुतलीबजार नगरपालिकाका ४०, भीरकोटका ४०, वालिङका ७७, गल्याङका ३५, चापाकोटका ७७ जनाको नमूना भाइरस परीक्षण गरिएका हुन । यसैगरी, फेदीखोला गाउँपालिकाका ३३, आँधीखोलाका ११, अर्जुनचौपारीका ५१, कालीगण्डकीका २०, बिरुवाका २८ र हरिनासका ४४ जनाको परिक्षण गरिएको हो ।

Desk
प्रकाशित मिति: बैशाख ०४, २०७७
28 Shares