सल्यानमा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

Desk
  |   
प्रकाशित मिति: बैशाख ०७, २०७७
43 Shares

सल्यान,७ वैशाख ।

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १३ का ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।

सल्यानचौरका बालाराम कुँवरका घरमा शनिबार राति झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पुर्‍याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन छ । (रासस

Desk
प्रकाशित मिति: बैशाख ०७, २०७७
43 Shares