भरतपुर अस्पतालका पूर्व अध्यक्ष राजभण्डारीले अस्पताललाई दिए एन ९५ मास्क

Desk
  |   
प्रकाशित मिति: बैशाख ०८, २०७७
25 Shares

चितवन,८ वैशाख ।

भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष राजकुमार राजभण्डारीले भरतपुर अस्पताललाई एन९५ मास्क सहयोग गरेका छन्।

पूर्व अध्यक्ष राजभण्डारीले आइतबार अस्पताललाई एक सय थान एन९५ माक्स प्रदान गरेका हुन्।

राजभण्डारीले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको रोहोबरमा मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीलाई माक्स हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरसविरुद्ध अग्रस्थानमा रहेर खटिएका डाक्टर, नर्स र स्वास्थ्यक्रमीको सुरक्षालाई ख्याल गर्दै मास्क सहयोग गरेको राजभण्डारीले जानारी दिए।

Desk
प्रकाशित मिति: बैशाख ०८, २०७७
25 Shares