मकवानपुरको थाहा नगरपालिकामा जुवाको खालबाट महिलासहित ५ जना पक्राउ

Desk
  |   
प्रकाशित मिति: फाल्गुन १३, २०७६
34 Shares

काठमाडौं,१३ फागुन।

मकवानपुरको थाहा नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ५ जना पक्राउ परेका छन् ।

थाहा नगरपालिका ९ चित्लाङमा रहेको एउटा घरमा जुवा खेल्ने र खेलाउने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले नगदसहित ५ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकाश कुमार तामाङले जानकारी दिए ।

उनीहरुको साथबाट लगद ६४ हजार ७ सय रुपैयाँ र तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा थाहा ९ का सुकदेव बस्नेत, सुदर्शन भट्टराई, सानु कान्छा गोले, राम कुमार स्याङ्गतान र सानु माया बलामी रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसुर बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Desk
प्रकाशित मिति: फाल्गुन १३, २०७६
34 Shares