कोरोना त्रास : सूचना मार्फत प्रतिनिधि सभा २३ गतेसम्मका लागि स्थगित

Desk
  |   
प्रकाशित मिति: चैत्र १२, २०७६
59 Shares

काठमाडौं,१२ चैत्र ।

संघीय संसदको प्रतिनिधि सभा बैठक चैत २३ गते आइतबार बस्ने भएको छ। संघीय संसद सचिवालयले जारी गरेको सूचनाअनुसार चैत १३ गतेका लागि डाकिएको बैठक स्थगित गरिएको छ।

कार्यवाहक महासचिव गोपालनाथ योगीले जारी गरेको सूचनाअनुसार कोभिड-१९ भाइरसको सम्भावित संक्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सबै सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको कारण पूर्व निर्धारित बैठक स्थगित गरिएको र नयाँ मिति तय भएको हो।

Desk
प्रकाशित मिति: चैत्र १२, २०७६
59 Shares