कोरोना संक्रमित युवतीसंग आएकालाई खोज्दै चितवन प्रहरी

Desk
  |   
प्रकाशित मिति: चैत्र १२, २०७६
146 Shares
चितवन,१२ चैत  । फ्रान्सबाट कतार हुदै आएकी कोरोना सक्रमित एक नेपाली युवतीसंग आएकाहरुलाई प्रहरीले खोजी गरिरहेको छ । चितवनमा पनि उनी सवार जहाजमा ६ जना आएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी पनि भईरहेको छ । नाम,नागरीकता नम्वरनै प्रकासन गरेर ति व्यक्तीहरुलाई सम्र्पकमा आउन आह्वान गरेको छ । ति युवती संगमा सक्रमण पुष्टी भएकाले अन्यमा पनि संक्रमणको सम्भावना हुने भएकाले खोजी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङले वताए । ति युवती सवार जहाजमा चितवनका ३ महिला र ३ पुरुष रहेका थिए । चितवन आएका दिक्षा कडेंल,पार्वती नेपाली,वुद्धिराज थपलिया,शम्भु नेपाली,सन्जु कडेंल कोईराला र सुरेश गुरुङ रहेका छन् । ति व्यक्तीहरु चितवनको भएपनि जिल्ला आए नआएको बारे अनुसन्धान गर्ने काम भईरहेको प्रहरी उपरिक्षक गुरुङलेवताए । उनीहरुलाई पनि पनि सक्रमण हुन सक्ने भएकाले क्वारेनटाईनमा राख्नु पर्ने हुन्छ ।
Desk
प्रकाशित मिति: चैत्र १२, २०७६
146 Shares
Footer ads