भारतले ८० करोड नागरिकलाई तीन महिनासम्मको खाद्यान्न निशुल्क दिने

Desk
  |   
प्रकाशित मिति: चैत्र १३, २०७६
88 Shares
काठमाडौं,१३ चैत्र । भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत भारतका ८० करोड बासिन्दालाई आगामी तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ। पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल भारत सरकारले तीन महिनासम्म निशुल्क दिने भएको हो। त्यस्तै, भारत सरकारले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ। बढ्दो संक्रमणका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन सातासम्म लकडाउनको घोषणा गरेका छन्। भारतमा अहिलेसम्म कोरोना संक्रमणका ६ सय ८० बिरामी भेटिइसकेका छन् भने १३ जनाको ज्यान गइसकेको छ।
Desk
प्रकाशित मिति: चैत्र १३, २०७६
88 Shares
Footer ads