चितवनको एपोलो पेन्ट्समा सेफ फुटाई ९७ लाख नगद चोरी गर्ने एक जना पक्राउ
चितवन, ३० कात्तिक
चितवनमा एपोलो पेन्ट्समा सेफ (लकर) फुटाई ९७ लाख नगद चोरी गर्ने एक जना पक्राउ परेका छन् । गत २७ कात्तिक रातिमा चितवन भरतपुर महानगरपालिका वडा नं.९ काँडाघारी स्थितमा रहेको एपोलो पेन्ट्स प्रा.लि.को भवनको कोठा भित्र रहेको सेफ (लकर) फुटाई ९७ लाख नगद चोरी भएको हो ।
९७ लाख नगद चोरी गर्ने चितवन कालिका नगरपालिका वडा नं.६ बस्ने बर्ष ४० को कबिराज थापालाई चितवन प्रहरीले पक्राउ गरेको छ । थापा एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डको रूपमा काम गर्दै आएका थिए । एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डको रूपमा काम गर्ने थापाले चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पेन्ट्स प्रा.लि.मा काम गर्ने कामदार तथा सेक्युरिटी गार्ड बस्ने क्वाटर (भवन) मा चोरी गर्ने कबिराज थापा बस्ने कोठा भित्र खाट मुनि झोला भित्र लुकाई छिपाई राखेको अबस्थामा नगद ५७ लाख र सोही भवनको उत्तर पट्टि पर्खाल नजिकै झाडिमा लुकाई प्लाष्टिकको बोरा भित्र छिपाई राखेको अबस्थामा नगद ४० लाख गरि ९७ लाख रुपैया लुकाएर राखेको अबस्थामा भेटिएको थियो ।
उनको साथ बाट नगद सहित हेक्सा ब्लेड फ्रेम सहितको थान, फलामको रडबाट बनेको खुर्पी, हेक्सा ब्लेड खुल्ला थान,पहेलो,निलो रङगको बोरा थान १(एक) झोला लगाएत सामग्री बरामद गरिएको छ । निज चोरी कार्यमा संलग्न ब्यक्तिलाई चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चोरी कसूर अन्तर्गत आवश्यक अनुसन्धान कार्य भैरहेको छ