मोरङमा प्रेमीको लहलहैमा लागेर लोग्नेको हत्या

Desk
  |   
प्रकाशित मिति: माघ १४, २०७६
75 Shares
विराटनगर,१४ माघ । मोरङमा प्रेमीसँग लहलहैमा लागेर श्रीमतीले आफ्नै लोग्नेको हत्या गरेकी छन् । माघ ६ गते बिहान अन्दाजी ५ बजेको समयमा मोरङ कटहरी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ४५ को विकास सरदारको शव मोरङकै ग्रामथान गाउँपालिका वडा नं. ३ को ढङटोलीस्थित सडक छेउमा रहेको खाल्डोमा फेला परेको थियो । तर, प्रहरी अनुसन्धान अघि बढाउँदै लैजाँदा सरदरलाई कर्तव्य गरी हत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएर गई बुझ्दा मृतक विकास सरदार पानी डुबी मृत्यू नभई निजकै श्रीमती दयावती सरदार, कटहरी गाउँपालिका वडा नं। ७ बस्ने बर्ष ३६ को बोस भन्ने बद्री सरदारको मिलेमतोमा माघ ५ गते राति हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राति अन्दाजी ८ बजेको समयमा विकाश सरदारको घरमा बद्री सरदार, ललन सरदार र मुकेश सरदार गई निजको घरमा रक्सी समेत बेच्ने गरेको हुँदा रक्सी किनेर खाएका थिए । ‘निज विकास सरदारलाई गाँउमा तास खेल्न जाउँ’ भनि ललाई फकाई घटनास्थल लगि फलामको डण्डाले टाउकोमा प्रहार गरी कर्तब्य गरी मारेको मोरङ प्रहरी कार्यालय प्रमुख एसपी विश्व अधिकारीले बताएका छन् । दयावती सरदार र बोस भन्ने बद्री सरदारकोवीच शारीरिक सम्बन्ध रहेको र सोही सम्बन्धको बिषयलाई लिएर निजको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
Desk
प्रकाशित मिति: माघ १४, २०७६
75 Shares