भरतपुरका मुख्य शहरमा कीटनाशक औषधि छरिँदै

Desk
  |   
प्रकाशित मिति: चैत्र १५, २०७६
118 Shares

चितवन, १५ चैत्र ।

भरतपुर महानगरपालिकामा कीटनाशक औषधि (डिस्इनफेक्टेशन) छर्न शुरु गरिएको छ । महानगरपालिकाले नारायणगढ र भरतपुरका बजार क्षेत्रमा औषधि छर्न शुरु गरेको हो । महानगरपालिका प्रमुख रेनु दाहालले संक्रमण हुन नदिन औषधि छर्न थालिएको बताईन् ।

नगर प्रमुख दाहालले भनिन्,“बजार क्षेत्रमा छर्न सशरु गरेका छौँ, विस्तारै ग्रामीण भेगमा समेत छर्ने छौंँ ।” नारायणगढ बजारको पुलचोकदेखि पोखरा बसपार्क क्षेत्रमा औषधि छर्ने काम गरिने महानगर, वातावरण शाखा प्रमुख इ. विराट घिमिरेले जानकारी दिए ।

Desk
प्रकाशित मिति: चैत्र १५, २०७६
118 Shares
Footer ads