खैरहनीमा लकडाउन उलंघन गर्ने ५६ जना प्रहरीको नियन्त्रणमा

समाबेसी खबर
  |   
प्रकाशित मिति: चैत्र १६, २०७६
24 Shares
चितवन , १६ चैत।  सरकारले लागु गरेको लकडाउनको उलंघन गर्ने ५६ जनालई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वीचितवनको खैरहनीको विभिन्न स्थानमा अत्यावश्यक काम बाहेक बाहिर हिडेका ५६ जनालाई इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले नियन्त्रणमा लिएको हो । त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुलाई खैरहनीको एक विद्यालयमा निश्चित दुरी कायम गरी राखिएको प्रहरी निरिक्षक घर्तीले बताए ।
समाबेसी खबर
प्रकाशित मिति: चैत्र १६, २०७६
24 Shares