काठमाडौंमा अलपत्र परेका मानिस बोकेर हिडेको जिप दुर्घटना, ३० जना घाइते

Desk
  |   
प्रकाशित मिति: चैत्र १८, २०७६
149 Shares
काठमामडौं,१८ चैत्र । रामेछापको खाँडादेवी -१ राकाथुममा आज बिहान भएको जिप दुर्घटनामा ३० जना घाइते भएका छन् । भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको रामेछापका डीएसपी बसन्त पाठकले जानकारी दिए । प्रहरीले दुर्घटना भएको खबर पाउनेवित्तिकै बिहान ५ बजे घाइते ३० जनाको उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ । लकडाउनको समयमा भक्तपुरमा अलपत्र परेकाहरु राति जिप चढेर रामेछापको विभिन्न गाउँ फर्किन लागेका थिए । चालकले स्थानीय प्रशासनसँग अनुमति लिएर रामेछापतर्फ आएको बताए पनि अनुमति लिएको पुष्टि नभएको डीएसपी पाठकले बताए । पाठकका अनुसार जिपमा सवार सबै भक्तपुर क्षेत्रमा मजदुरी काम गर्दै आएका मानिस र तिनका परिवार रहेका छन् ।
Desk
प्रकाशित मिति: चैत्र १८, २०७६
149 Shares
Footer ads