खैरहनीमा लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु,आयोग विघटन कसैले गर्न सक्दैन – पाठक 

Desk
  |   
प्रकाशित मिति: श्रावण १८, २०७८
208 Shares

चितवन, १८ साउन  ।  चितवनको खैरहनी नगरपालिकाले सुकुम्वासीहरुलाई लालपुर्जा प्रदान गर्नका लागि सोमवार जग्गा नापजाँचको सुरुवात गरेको छ । खैरहनी वडा नम्वर १ को सुन्दरवस्तीबाट जग्गा नापजाँच सुरु गरिएको हो । भुमि सम्वन्धी समस्या समाधान आयोग चितवनका अध्यक्ष यादव प्रसाद पाठक र खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले पिल्लर गाडेर नापजाँच प्रारम्भ गरेका हुन् । सुन्दरवस्तीमा ३५ घरधुरी सुकुम्वासीहरुको वसोवास छ । जग्गा नापजाँचको सुरभारम्भ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका  आयोगका जिल्ला अध्यक्ष यादव पाठकले आयोग विघटन भएको भन्ने हल्ला निराधार रहेको वताए । आयोग विघटन भयो भनेर गतल प्रचार गरिएको छ पाठकले भने – आयोग विघटन नभएको र जिल्लामा लालपूर्जा वितरण सम्बन्धी काम भइरहेको छ । जिल्ला अध्यक्ष पाठकले संविधान सम्बत बनेको आयोग विघटन गर्ने क्षमता कसैसंग नभएको भन्दै सुकुम्वासी,भुमिहिन र दलित भुमिहिनले लालपुर्जा प्राप्त गर्ने वताए । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले नगरकार्यपालिकाको  पहिलो वैठकले सुकुम्वासीलाई लालपुर्जा प्रदान गर्ने निर्णय गरेको भन्दै त्यसको सुरुवात भएको वताए । नगर प्रमुख चौधरीले जग्गा नाप्ने क्रममा केही तलमाथी भए त्यसमा चित्त वुझाएर काममा सहयोग गर्न स्थानीयलाई आग्रह गरे । भुमि सम्वन्धी समस्या समाधान आयोग लगत संकलन इकाई खैरहनीका संयोजक दामोदर अधिकारीका अनुसार ३ हजार २ सय ६२ जनाले लालपुर्जा प्राप्तीका लागि फारम भरेका छन् । भुमिहिन सुकुम्वासी ८ सय ६५,भुमिहिन दलित १ सय ७१ र अव्यवस्थित वसोवासी २ हजार २ सय २८ घरधुरीले फारम भरेका अधिकारीले वताए ।

No description available.

जग्गा नापजाँच शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख सुनिता थपलिया,आयोग जिल्ला सदस्य महादेवी खतिवडा,खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डे,वडा नम्वर १ का अध्यक्ष भूमिप्रसाद कडेंल,नेपाल वसोवास वस्ती संरक्षण समाज खैरहनीका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।  जिल्लामा भूमिहीन दलीत,भूमिहीन सुकुमबासी र अव्यवस्थित गरी ३९ हजार ५९७ जनाले लालपूर्जाको माग गर्दै फारम भरेका छन् ।

 

Desk
प्रकाशित मिति: श्रावण १८, २०७८
208 Shares
Footer ads