खैरहनी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग 

Desk
  |   
प्रकाशित मिति: श्रावण १८, २०७८
165 Shares

चितवन,१८ साउन ।   लुमन्ती आवासका लागि सहयोग समुहले चितवनको खैरहनी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फ्र्याङ्क वाटर, यु।के।को सहयोगमा लुमन्तिले कोरोना महामारी बिरुद्धको विभिन्न ९ प्रकारका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको हो ।   विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको प्रभावलाई न्युनिकरण गर्न सहयोग पुर्याउने उद्देश्यले सो सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।  लुमन्तिका कार्यक्षेत्र संयोजक शिंह बहादुर वाईवा तामाङ्गले ति  स्वास्थ्य सामग्रीहरु खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीलाई हस्तान्तरण गरेका थिए ।  तामाङका अनुसार  डिजिटल थर्मोमिटर १० थान, पिपिइ २० थान, फेस सिल्ड १५० थान, स्यानिटाईजर ४५ थान, सर्जिकल मास्क ५००० थान, स्यानिटरी प्याड ३० पोका, फस्ट एड बक्स १० थान, अक्सिमिटर १० थान र हाते रुमाल २० थान प्रदान गरिएको हो । कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, खैरहनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत अनुप अधिकारी,स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्मा,जनस्वास्थ्य निरीक्षक नविन अधिकारीको समेत उपस्थिती रहेको थियो ।

No description available.

Desk
प्रकाशित मिति: श्रावण १८, २०७८
165 Shares
Footer ads