एसईई दिएर बसेका विद्यार्थीलाई प्रशिक्षण 

Samabesi 1
  |   
प्रकाशित मिति: श्रावण १८, २०७८
605 Shares

चितवन, १८ साउन ।  पूर्वीचितवनको खैरहनी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै अबको भविष्यका बारे प्रशिक्षण दिइएको छ । खैरहनी नगरपालिकाको सहयोग तथा लियो क्लब अफ चितवन खैरहनीको आयोजनामा तीन दिने कार्यक्रम गरिएको हो ।  
खैरहनी नगरपालिका वडा नम्बर २ मा रहेको जनजीवन मावि बाट शुरुआत भएको सो कार्यक्रम कठार मावि, गवै मावि, कंकाली मावि हुँदै आज तेस्रो दिन खैरहनी माविमा आएर समापन गरिएको लियो क्लब अफ खैरहनीका अध्यक्ष सौगात त्रिपाठीले जानकारी दिए । एसईई दिएर बसेका विद्यार्थीलाई अब के पढ्ने भन्ने बिषयको अन्योलता हटाउनका लागि  कार्यक्रम आयोजना गरियको क्लबका अध्यक्ष त्रिपाठीले बताए ।  
तीन दिने  प्रशिक्षण कार्यक्रममा विज्ञानबाट भुपेन्द्र धिताल, व्यवस्थापन संकायवाट धर्मराज उप्रेती, नर्सिङबाट कला पान्डे, आइटीबाट दिलीप पौडेलले प्रशिक्षण दिएका थिए ।  खैरहनी नगरपालिकाका  उपप्रमुख सुनिता थपलिया प्रमुख अतिथि रहेको समापन कार्यक्रममा नगर शिक्षा अधिकारी राजु बानिया, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज डल्लाकोटी, सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेल, लियो डिष्ट्रिक्ट अध्यक्ष लियो अनिष लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

samabesi 1
प्रकाशित मिति: श्रावण १८, २०७८
605 Shares
Footer ads