एक विद्यालयका २६ जनामा कोभिड संक्रमण

Desk
  |   
प्रकाशित मिति: मंसिर १७, २०७८
145 Shares

पर्वत,१७ मंसिर ।  बागलुङको एक विद्यालयका २६ जना विद्यार्थी र शिक्षकहरुमा एकैपटक कोभिडको संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो । कोभिडको जस्तै लक्षण देखिएपछि धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले बुधबार र बिहीबार परीक्षण गरेको थियो ।

केहीको एन्टिजेन र केहीको पीसिआर परीक्षण गर्दा एकैपटक ठूलो मात्रामा संक्रमण पुष्टि भएको हो । धौलागिरि अञ्चल अस्पतालका कोभिड फोकल पर्सन प्रकाश घिमिरेका अनुसार ८१ जनामा परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै शनिबार स्थानीय समुदायका १८ जनामा गरिएको परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताए । ‘नयाँ भेरिएन्ट हो कि जीन सिक्वन्सिङ परीक्षण गर्न केही नमुना काठमाडौं पठाउँदैछौं,’ उनले भने, ‘त्यो नतिजा आएपछि के हो भन्ने पत्ता लाग्छ ।’

Desk
प्रकाशित मिति: मंसिर १७, २०७८
145 Shares
Footer ads