गड्यौलीबाट हराएको १० दिनमा भण्डारीको शव जंगलमा फेला (तस्बिर सहित)

Samabesi
  |   
प्रकाशित मिति: असार २२, २०७८
1431 Shares

चितवन , २० असार। 
चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ गड्यौलीबाट हराइरहेकी २२ बर्षिय सुजिता भण्डारीको शव फेला परेको छ । उनको शव राप्ती नगरपालिका वडा नम्बर ३ कै ब्रहम्स्थानी सामुदायिक वनभित्र भेटिएको हो ।

दिउँसो जंगलमा च्याँउ टिप्न गएका स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडेको अवस्थामा एउटा शव भेटिएको र थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक राजिव गिरीले जानकारी दिए । भण्डारीको परिवारका सदस्यले शव सनाखत गरेको भन्दै शव सुजिताको नै भएको स्थानियले बताएका छन् । खोल्साको झाडीमा भण्डारीको शव भेटिएको हो ।

११ गते बिहान साथीको घरमा जान्छु भन्दै निस्केकी भण्डारीले दिउँसो आफ्नो दिदिलाई फोन गरेर आफूलाई कसैले अपहरण गरेको बताएकी दिइन् । त्यस लगतै प्रहरी तथा स्थानियले उनको खोजी कार्य सुरु गरेका थिए । 

samabesi
प्रकाशित मिति: असार २२, २०७८
1431 Shares
Footer ads