प्रचण्डलाई इंकित गर्दै थापाले भने एमालेको महाधिवेसनले एकजनालाई छटपटि भयो (भिडियो)

Samabesi
  |   
प्रकाशित मिति: मंसिर २०, २०७८
260 Shares

चितवन , २० मंसिर । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रेस चौतारीका इन्चार्ज सूर्य थापाले एमालेको महाधिवेसनले प्रचण्ड बाहेक सबै खुसी भएको बताएका छन् । एमालेको महाधिवेसनले आम जनता ,व्यवसायी खुसी भएपनि प्रचण्डलाई इंकित गर्दै एमालेको महाधिवेसन घोषणासँगै एकजना छटपटिएको बताए ।

चितवनमा मलाई ,मेरो छोरीलाई समाप्त पार्न , टार्गेट गर्न महाधिवेसन गरेको भन्दै एकजना रोइलो गर्दै हिडेको थापाले बताए । प्रचण्डको हर्कतले आफ्नो कद आफैले घटाउने काम गरेको थापाले टिप्पणी गरे । एमाले महाधिवेसन घोषणासँगै चितवन केन्द्रित भएका प्रचण्ड एमालेको महाधिवेसन अवधिभर चितवन नआएको थापाले बताए । प्रचण्डको अधिव्यक्ति राजनितिक संस्कारहिनका अधिव्यक्ति भएको थापाको दावी छ । महाधिवेसन विधान अनुरुप गर्नुपर्ने काम भएको भन्दै त्यो कसैलाई लक्षित गरेर नगरिएको थापाले स्पष्ट पारे । 

 

प्रचण्डलाई इंकित गर्दै थापाले भने नेकपा एमालेको महाधिवेसन चितवनमाहुदाँ एकजनालाई छटपटि भयो : थापा

Posted by Samabesi Khabar समावेशी खबर on Sunday, December 5, 2021

 

samabesi
प्रकाशित मिति: मंसिर २०, २०७८
260 Shares
Footer ads