पछिल्लो २४ घण्टामा थपिए २ सय ७० जना कोरोना संक्रमित,५ जनाको मृत्यु

Desk
  |   
प्रकाशित मिति: माघ ०२, २०७७
38 Shares
काठमाडौं,२ माघ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित पुष्टि थपिएका छन् । ३ हजार ८४ को पिसिआर परीक्षण हुँदा २ सय ७० जना कोरोना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा  थप ५ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कुल मृतकहरूको संख्या १९ सय ४८ पुगेको छ। हालसम्म २० लाख ५ हजार १२५ जनाको पिसिआर परीक्षण भएको छ। त्यसैगरी, ३ सय ९० जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६० हजार ५ सय ६७ संक्रमण मुक्त भइसकेका छन्। संक्रमणमुक्त हुने दर ९७.६ प्रतिशत छन्।
Desk
प्रकाशित मिति: माघ ०२, २०७७
38 Shares