खैरहनीमा ट्याङकरको ठक्करबाट एकजनाको मृत्यु

Samabesi
  |   
प्रकाशित मिति: श्रावण ०२, २०७८
3278 Shares

चितवन , २ साउन। 
पूर्वीचितवनको खैरहनीमा ट्याङकरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर ८ को पर्सा बजारमा ट्याङकरले मोटरसाइकललाई आज अपरान्ह ठक्कर दिएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना८ख ३०२४ नम्बरको ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको ना४४प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार खैरहनी नगरपालिका वडा नम्बर १० निवासी २२ वर्षीया सिर्जना चौधरीको मृत्यु भएको छ । त्यस्तै मोटरसाइकल चालक रत्ननगर नगरपालिका वडा नम्बर ३ निवासी २६ वर्षीय सुवास चौधरी सामान्य घाइते भएका छन् ।

samabesi
प्रकाशित मिति: श्रावण ०२, २०७८
3278 Shares
Footer ads