काठमाडौंमा कांग्रेस वडा अधिवेशन असोज ५ गते

Desk
  |   
प्रकाशित मिति: आश्विन ०१, २०७८
119 Shares

काठमाडौं,१ असोज । नेपाली कांग्रेस काठमाडौंको वडा अधिवशेन असोज ५ गते हुने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत नरहरि आचार्यसहित बैठक गरी ५ गतेका लागि वडा अधिवेशन तोकेका हो ।

जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा शुक्रबार जिल्ला पार्टी कार्यालयमा ज्ञानेश्वरमा बसेको बैठकले अधिवेशनको प्रक्रियामा प्रवेश गरेको जनाएको छ ।

केन्द्रले खटाएका निर्वाचन अधिकृतको नेतृत्वमा लोकतान्त्रिक कानुन व्यवसायी संघ  र शिक्षक संघको टोली खटिने र शनिबार नै काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिनेगरी काम थालेको नेपाली कांग्रेस काठमाडौंले जनाएको छ ।

काठमाडौं महानगरसहितका विभिन्न ११ वटा नगरपालिकाका गरी काठमाडौ जिल्लामा कल १३८ वडा रहेका छन् । अब असोज ५ गते एकैदिन सबै वडामा अधिवेशन हुने बताइएको छ ।

Desk
प्रकाशित मिति: आश्विन ०१, २०७८
119 Shares
Footer ads